२०८२ फागुन ७ बिहिवार , ०१:३०:०७ बजे

Sajhamanch
'

अमेरिकासँग दुर्लभ खनिज सहकार्य गर्छौं : जापानी प्रधानमन्त्री सानाए ताकाइची

बिहिवार, फागुन ७, २०८२

झापा । नवनियुक्त जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले अमेरिकासँग दुर्लभ खनिज सहकार्य गर्ने बताउनु भएको छ । जापानको संसदले हिजो उहाँलाई दोस्रो कार्यकालका लागि अनुमोदन गरेपछि उहाँले नयाँ मन्त्रिमण्डल गर्नुभएको हो ।

हालैको चुनावमा उहाँको दल लिबेरल डेमोक्रकेटिक पार्टीले तल्लो सदनमा दुई–तिहाइ बहुमत ल्याएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि ताकाइचीले आउँदो महिना अमेरिकाको भ्रमण गरी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दुर्लभ खनिज (रेयर अर्थ) विकास, आर्थिक सुरक्षा र लगानी सहकार्यबारे छलफल गर्ने बताउनु भएको छ ।

चीनसँग बढ्दो तनावका बीच उहाँले अमेरिकासँग रणनीतिक सम्बन्ध मजबुत बनाउने संकेत दिनुभएको हो । बढ्दो मूल्यवृद्धि नियन्त्रणका लागि खाद्य वस्तुमा अस्थायी कर कटौती प्रस्ताव गर्नुभएको र रक्षा खर्च वृद्धि, हतियार निर्यात नीति संशोधन र कडा आप्रवासन नीति अघि बढाउने योजना सार्वजनिक गर्नुभएको खबरमा उल्लेख छ ।