२०८२ फागुन ६ बुधवार , ०६:५४:०४ बजे

Sajhamanch
'

विदेशी लगानी भित्र्याउन स्वचालित मार्ग विस्तार, ५० करोडको सीमा हट्यो

बुधवार, फागुन ६, २०८२

काठमाडौं । सरकारले उद्योग व्यवसायका क्षेत्रमा विदेशी लगानी भित्र्याउने प्रक्रियालाई सहज बनाएको छ । विदेशी लगानीलाई थप सहज र डिजिटल बनाउने क्रममा सरकारले स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृति दिँदाको सीमा हटाएको हो ।

यसअघि स्वचालित मार्गबाट ५० करोड रुपैयाँसम्म मात्र विदेशी लगानी स्वीकृत हुन्थ्यो । नयाँ व्यवस्थाले मुख्य ७ वटा औद्योगिक क्षेत्रका १०२ वटा व्यावसायिक क्षेत्रमा कुनै पनि सीमाविना लगानी भित्र्याउने बाटो खोलेको छ ।

लगानीकर्ताले उद्योग विभागको अनलाइन प्रणालीमा आवेदन दिएपछि आवेदन दिएको तुरुन्तै वा ७ कार्यदिनभित्रै स्वीकृति प्रमाणपत्र इमेलमार्फत प्राप्त हुनेछ । यसले कम्पनी दर्ता र उद्योग सञ्चालनलाई छिटो बनाउनेछ ।

स्वचालित मार्ग लागू हुने क्षेत्रहरूमा ऊर्जा उत्पादन, कृषि तथा वन उत्पादन, पूर्वाधार, पर्यटन, सूचना प्रविधि आधारित उद्योग, सेवा क्षेत्र, उत्पादनमूलक उद्योगलगायत रहेका छन् । सूचना प्रविधि क्षेत्रमा पनि न्यूनतम लगानी सीमा छैन ।

चालू आर्थिक वर्षको पहिलो ७ महिनामा ४० अर्ब २८ करोड रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ जसमा स्वचालित मार्गबाट पनि त्यस्तो लगानी आउने क्रम बढ्दो छ ।

सम्बन्धित खबर