२०८२ फागुन ६ बुधवार , ०१:४०:४७ बजे

Sajhamanch
'

मधेशबाट चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्दै कांग्रेस

बुधवार, फागुन ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आज जनकपुरमा गर्ने सभामार्फत् चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ ।

जनकपुरबाट सार्वजनिक हुने प्रतिज्ञा पत्रबारे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा आज कांग्रेसले जनकपुरधाममा सभा गर्दैछ । ‘प्रतिज्ञा सभा’ नाम दिइएको यस चुनावी सभालाई सभापति गगन थापाले सम्बोधन गर्नु हुने छ । सोही क्रममा उहाँले चुनावी घोषणा पत्र सार्वजनिक गर्नु हुने छ । चुनावी घोषणापत्रलाई कांग्रेसले ‘प्रतिज्ञापत्र’ नाम दिएको छ ।

कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवले सभामा एक लाख मानिसहरुको सहभागी गराउने लक्ष्य रहेको बताउनु भयो ।

सम्बन्धित खबर