२०८२ फागुन ४ सोमवार , ०१:३२:२२ बजे

Sajhamanch
'

एमाले अध्यक्ष ओलीले आज दमकका मतदातासँग भेटघाट गर्ने

सोमवार, फागुन ४, २०८२

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभरी झापाको दमकका मुख्य चौकमा आयोजना गरिएका विभिन्न कार्यक्रममा व्यस्त हुनुहुने भएको छ।

अध्यक्ष ओली सोमबार दमक नगरपालिका अन्तगर्तका मुख्य चौकमा आयोजना गरिएका कार्यक्रममा स्थानीय बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम रहेको हो।

निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीले सोमबार बिहान ११ बजे दमक ५ को यलम्बर चौकमा आयोजना हुने भेटघाट कार्यक्रममा सहभागी हुने बताउनुभयो । त्यसलगत्तै ११ बजेर ५० मिनेटमा दमक ६ को शंङ्कधर चौकमा स्थानीयसँग भेटघाट कार्यक्रम तय भएको छ।

त्यसैगरी दिउँसो १ बजे दमक-७ मा रहेको तविन चौकमा सहभागी हुने कार्यक्रम रहेको छ। त्यस लगत्तै अध्यक्ष ओली दिउँसो २ बजे दमकक– १ स्थित हावल्दार चौकमा आयोजना गरिएको भेटघाटमा पुग्नुहुने भएको छ ।

दिउँसो ३ बजे दमक २ स्थित दमक फन पार्कमा आयोजित भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। दिउँसो ४ बजे दमक–३ स्थित आमचौकमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम तय भएको हो।

झापा-५ अन्तर्गतका अन्य पालिकामा स्थानीयसँगको भेटघाट कार्यक्रम सम्पन्न गरिसकेका अध्यक्ष ओलीले दमक नगरपालिकाका स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको संयोजक भण्डारीले बताउनुभयो।

सम्बन्धित खबर