२०८२ फागुन ३ आइतवार , ०२:०२:४६ बजे

Sajhamanch
'

मतदाता भेट्न झापा आउॅंदै एमाले अध्यक्ष ओली

आइतवार, फागुन ३, २०८२

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज फेरि निर्वाचन क्षेत्रका मतदाता भेट्न झापा आउने हुनुभएको छ।

ओली आज बिहान १० बजेर २० मिनेटमा काठमाडौँबाट भद्रपुर विमानस्थल अवतरण गरी निर्वाचन क्षेत्रमा प्रवेश गर्ने तालिका छ। ओली यसअघि माघ २३ गते झापा आएर ७ दिनमा काठमाडौँ फर्कनुभएको थियो।

आजको कार्यक्रमअनुसार ओली शिक्षक भेला, धिमाल जातिको भेला तथा मुस्लिम समुदायका नागरिकसँगको भेलामा सहभागी हुनुहुनेछ ।

त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता र आम नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिनुभयो।

एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार ओली फागुन ६ गतेसम्म झापामै बस्नुहुनेछ। यो अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा पुगेर घरदैलो कार्यक्रम गर्ने कार्यतालिका बनाइँदैछ। हरेक दिन कम्तीमा ६ देखि ७ स्थानमा कार्यक्रम पुग्ने गरी रुट मिलाइएको छ।

सम्बन्धित खबर