२०८२ माघ २७ मङ्गलवार , ०१:५७:५९ बजे

Sajhamanch
'

धनुषाको हंसपुर नगरपालिकाका प्रमुख यादवको निधन

सोमवार, माघ २६, २०८२

जनकपुरधाम । मधेश प्रदेश अन्तरगत धनुषा जिल्लाको हंसपुर नगरपालिकाका प्रमुख प्रदिपकुमार यादवको आज निधन भएको छ । मस्तिष्क घातका कारण उनको निधन भएको हो ।

गत बिहीबार राति उनलाई मस्तिष्क घात भएपछि जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारको लागि शुक्रबार हेलिकप्टरबाट काठमाडौं लगिएको भए पनि उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा सोमबार उनको निधन भएको हो ।

उनी नेपाली कांग्रेसबाट नगरप्रमुखमा निर्वाचित भएका थिए।

सम्बन्धित खबर