
बिर्तामोड । गौरबशाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १७ओै स्थापना दिवस तथा संस्थापक अध्यक्ष काशीलाल चौधरीको स्मृतिमा नि:शुल्क आँखा शिबिर सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष लबकुमार चौधरीको अध्यक्षता तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरूङको प्रमुख आतिथ्यमा सम्पन्न शिविरमा ३३९ जनाले आँखा परिक्षण गराएका थिए ।
शिविरमा आँखा जाँच गरिएका मध्ये मोतीबिन्दुको समस्या देखिएका ९ जनाको अस्पतालले निःशुल्क शल्यक्रिया गरिदिने बताइएको छ ।
यसअघि शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि गुरुङ्गले आर्थिक अभावकै कारण कसैले पनि आँखाको स्वास्थ्य समस्या खेप्नु नपरोस् भन्ने उद्देश्यले शिविरमा प्राविधिक सहयाेग गरिएको बताउनु भयो ।
स्वर्गीय काशीलाल चौधरीको भौतिक शरीर नभएपनि सदैव सम्झिरहने एक आदर्श व्यक्तिका रुपमा आफूले चिनेको बताउँदै प्रमुख अतिथि गुरुङले सेवा नै सबैभन्दा पुण्यको कर्म भएको जिकिर गर्नुभयाे ।
कसैले खर्चको अभाव भएर आँखाको उपचार गर्न नसकेको भए आफू वा अस्पतालमा सम्पर्क गरे सहयोग गर्न तयार रहेको अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो ।
सो अवसरमा अस्पतालका अधिकृत कविता कार्की कडरिया, कोहेड टोल सुधार समितिकी अध्यक्ष पार्वता खरेल विमली लगायतले मन्तव्य राखेका थिए ।
स्वागत तथा औचित्यमाथि अध्यक्ष चौधरीले प्रकाश पारेको कार्यक्रमको सचिव रुपा राजवंशीले सञ्चालन गर्नुभएको थियो ।
शिविरमा बालबालिका, ज्येष्ठ नागरिकसहित सबैले आँखा परीक्षण गराएका थिए । शिविरमा प्राविधिक सहयोग मेची आँखा अस्पतालको रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।


