
झापा । अमेरिका र इरानका अधिकारीहरूबीच ओमानको राजधानी मस्कटमा निर्णायक वार्ता शुरू भएको छ ।
ओमानको मध्यस्थतामा भएको यो वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुश्नर र इरानी विदेशमन्त्री अब्बास अराघची सहभागी हुनुहुन्छ ।
वार्ताको मुख्य एजेन्डा इरानको आणविक कार्यक्रमलाई नियन्त्रण गर्ने र इरानमाथि लगाइएका आर्थिक प्रतिबन्धलाई खुकुलो बनाउने रहेको छ ।
वार्ताको शुरूमा इरानले आफ्नो तेल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने माग राखेको छ भने अमेरिकाले इरानले हतियार निर्माणमा गरिरहेको लगानी बन्द गर्नुपर्ने अडान लिएको छ ।


