२०८२ माघ २३ शुक्रवार , ०१:५०:०९ बजे

Sajhamanch
'

रुस र युक्रेनबीच ३१४ जना युद्धबन्दीलाई साटासाट गर्ने सहमति

शुक्रवार, माघ २३, २०८२

झापा । रुस र युक्रेनबीच ३१४ जना युद्धबन्दीलाई साटासाट गर्ने सहमति बनेको छ । आबुधाबीमा दोस्रो चरणको शान्ति वार्ताको पहिलो दिन हिजो सहमति बनेको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बन्दी साटासाट गर्ने सहमति बनेको र यो महत्त्वपूर्ण रहेको बताउनुभयो । युद्ध शुरू भएयता अमेरिकाको मध्यस्थतामा पहिलोपटक रुस र युक्रेन वार्ताको टेबुलमा बसेका हुन् ।

पहिलो चरणको वार्ता जनवरी २४ मा शुरू भएको थियो । दोस्रो चरणको वार्ता अस्ति भएको थियो । मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकोफले शान्ति वार्ता परिणाममुखी बनेको बताउनुभयो । ३१४ बन्दी साटासाट भएको छ ।

रुस र युक्रेनबीचको वार्ता भूमि विवादमा अड्किएको छ । यसअघि पहिलो चरणको वार्तामा पनि यही मुद्दा पेचिलो बनेको थियो । रुसले डोन्बस क्षेत्रबाट युक्रेनी सेना हट्नुपर्ने माग राखेको छ । जसलाई युक्रेनले अस्वीकार गर्दैै आएको छ ।

सम्बन्धित खबर