२०८२ माघ २२ बिहिवार , ०१:३०:३९ बजे

Sajhamanch
'

झापा कांग्रेस : निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति गठन

बुधवार, माघ २१, २०८२

झापा । नेपाली कांग्रेस झापाले केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीको संयोजकत्वमा निर्वाचन परिचालन, अनुगमन तथा मूल्याङ्कन समिति र कार्यबाहक जिल्ला सभापति शेरबहादुर भट्टराईको संयोजकत्वमा जिल्लास्तरीय निर्वाचन प्रचार–प्रसार समिति गठन गरेको छ ।

कार्यबाहक सभापति भट्टराईको सभापतित्वमा आज सम्पन्न पदाधिकारीको बैठकले ती दुवै समिति गठन गरेको हो । निर्वाचन परिचालन, अनुगमन तथा मूल्याङ्कन समितिमा पार्टीका केन्द्रीय, पूर्व केन्द्रीय सदस्य, कोशी प्रदेश समितिका पदाधिकारी, सदस्य, सांसद-पूर्व सांसद, जिल्ला कार्यसमितिका पदाधिकारी, पार्टीका पूर्व पदाधिकारीहरु सदस्य रहनेछन् ।

यसैगरी कार्यबाहक सभापति भट्टराईको संयोजकत्वमा गठित जिल्लास्तरीय निर्वाचन प्रचारप्रसार समितिमा पार्टीका केन्द्रीय, पूर्व केन्द्रीय सदस्य, कोशी प्रदेश समितिका पदाधिकारी, सदस्य, सांसद-पूर्व सांसद, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, पार्टीका पूर्व पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय समितिका पदाधिकारी सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय/कोशी प्रदेश पदाधिकारी/सदस्यहरु र जिल्ला कार्य समितिका अध्यक्ष सदस्य रहनेछन् । यसैगरी गाउँ/नगर समितिका पदाधिकारी, वडासभापतिहरु सदस्य रहनेछन् ।

यसैबीच नेपाली कांग्रेसमा आबद्ध भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुले पार्टीका उम्मेद्वारलाई विजयी गराउन आ-आफ्नो क्षेत्रबाट निर्वाचन प्रचार-प्रसारलाई तीब्र बनाउने प्रतिबद्धता जनाएका छन् ।

पार्टी जिल्ला समितिको संयोजनमा सम्पन्न भातृ तथा शुभेच्छुक संघ-संस्थाका केन्द्रीय पदाधिकारी/सदस्य एवं जिल्ला पदाधिकारीहरुको भेलाका सहभागीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

भातृ तथा शुभेच्छुक संघ संस्थाका केन्द्रीय पदाधिकारी/सदस्य एवं जिल्ला पदाधिकारीहरुको भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति भट्टराईले नेपाली कांग्रेसले आफूलाई समयानुकुल परिवर्तन गरेर निर्वाचनमा होमिएको बताउँदै नीति, नेतृत्वसँगै अधिकांश नयाँ अनुहारलाई उम्मेद्वार बनाएको जानकारी गराउनुभयो ।

सामाजिक सञ्जाल लगायतका भ्रामक प्रचारको भ्रममा नपर्न र संगठनबाट विचलित नभई इमान्दार रुपमा निर्वाचन परिचालनमा खटिन सम्पूर्ण कार्यकर्तालाई आह्वान गर्नुभयो । कार्यक्रमको सहजीकरण जिल्ला सचिव कृष्ण हुमागाईले गर्नुभएको थियो ।