२०८२ माघ २० मङ्गलवार , ०४:०३:१३ बजे

Sajhamanch
'

ईयूको खाद्य सुरक्षा निकायद्वारा पाउडर दूधमा विषाक्त तत्वको सीमा प्रस्ताव

मङ्गलवार, माघ २०, २०८२

झापा । ईयूको खाद्य सुरक्षा निकाय (ईएफएसए) ले विभिन्न देशको पाउडर दूधमा पाइने विषाक्तता नियन्त्रणका लागि नयाँ प्रस्ताव गरेको छ ।

ईएफएसएले शिशुको लागि प्रयोग हुने मात्रा (फर्मुला) मा प्रतिलिटर ०.०५४ माइक्रोग्राम सेरुलाइड वा ६ महिनामाथिका शिशुका लागि तयार गरिने दूधमा प्रति लिटर ०.१ माइक्रोग्रामभन्दा बढीको ‘सुरक्षित स्तर पार गर्न’ सक्नेछ ।

यो नयाँ प्रस्तावपछि दूधमा विषाक्तताबारे एकरूपता कायम हुने या विरोध हुन सक्ने भन्ने तत्कालै यकिन गर्न नसकिने एएफपीको खबरमा उल्लेख छ । नेस्ले, डानोन र ल्याक्टालिसजस्ता निर्माताले सेरुलाइड मात्राको जोखिमबारे आवाज उठेपछि गएको डिसेम्बरदेखि फ्रान्ससहित ६० भन्दा धेरै देशमा पहिलो ६ महिनाका शिशुका लागि तयार पारिएको र बजारमा पठाइएको उत्पादनलाई फिर्ता बोलाएका छन् ।

युरोपेली खाद्य सुरक्षा प्राधिकरण (ईएफएसए) लाई युरोपेली आयोगले बच्चाहरूको उत्पादनहरूमा सेरुलाइडको लागि मानक स्थापना गर्ने जिम्मेवारी दिएको थियो ।

सम्बन्धित खबर