
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेवारविरुद्ध परेका उजुरी, उनीहरूको योग्यता र विभिन्न दलबाट आएका जानकारीसमेतलाई आधार बनाएर ७६ जनाको नाम बन्दसूचीबाट हटाएको जानकारी गराएका छन् ।
जस अनुसार, कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जनाको नाम हटाइएको छ । प्रदेश सभाको बन्दसूचीतर्फ नाम कायम भएका २५ जना, आयोगको जरिवाना भुक्तान नगरेका १०, २५ वर्ष उमेर नपुगेका ४, मतदाता नामावलीमा समावेश नभएका १, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २, महिलाको ठाउँमा पुरुष उम्मेदवारको रुपमा पेश भएका १, राजनीतिक दलबाट नाम हटाउन अनुरोध भएका १० र अन्य कारणबाट २ जनाको नाम हटाइएको हो ।


