२०८२ माघ १६ शुक्रवार , ०७:३८:३९ बजे

Sajhamanch
'

क्यानडालाई विमानमा ५० प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

शुक्रवार, माघ १६, २०८२

झापा ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ । क्यानडाले जर्जियामा रहेको गल्फस्ट्रीम एयरोस्पेसका जेट विमानलाई प्रमाणीकरण गर्न अस्वीकार गरेको आरोप लगाउँदै ट्रम्पले बदला स्वरूप यस्तो कदम चाल्न सकिने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

सामाजिक सञ्जालमा गरिएको पोस्टमा ट्रम्पले क्यानडाले आफ्नो निर्णय तुरुन्त सच्याएन भने अमेरिकामा बेचिने सबै क्यानडाली विमानमा उच्च कर लगाइने उल्लेख गर्नुभएको छ । उहाँले बोम्बार्डियरका ग्लोबल एक्सप्रेस व्यापारिक जेटहरूको प्रमाणपत्र रद्द गर्ने प्रक्रिया अघि बढाइएको दाबी पनि गर्नुभएको छ ।

उड्डयन विश्लेषण कम्पनी सिरियमका अनुसार अहिले अमेरिकामा दर्ता भएर सञ्चालनमा रहेका झन्डै १ सय ५० ग्लोबल एक्सप्रेस विमान छन् । यसअघि सन् २०१७ मा पहिलो ट्रम्प प्रशासनका बेला अमेरिकी वाणिज्य मन्त्रालयले बोम्बार्डियरमाथि अनुचित सरकारी अनुदानको आरोप लगाउँदै शुल्क लगाएको थियो । तर पछि अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले क्यानडाली कम्पनीले अमेरिकी उद्योगलाई क्षति नपुर्‍याएको ठहर गरेको थियो ।