२०८२ माघ १६ शुक्रवार , ०२:४२:०७ बजे

Sajhamanch
'

प्रतिदिन दैनिक आजबाट १८औं वर्षमा प्रवेश

शुक्रवार, माघ १६, २०८२

बिर्तामोड । नव संचार गृह प्रालिद्वारा प्रकाशन हुँदै आएको प्रतिदिन राष्ट्रिय दैनिक आजदेखि १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ ।

पूर्वी नेपालमा प्रदेशस्तरकै पत्रिका प्रकाशन गरी आम पाठकहरुलाई सुसूचित गर्ने उद्देश्यले स्थापित सो दैनिक आफ्नो उद्देश्यमा सफल भएको सञ्चालकको भनाई छ ।

नव संचार गृह प्रालिले प्रतिदिन दैनिक पत्रिका, प्रतिदिनडेली डटकम अनलाइन न्यूजपोर्टल र प्रतिदिन टीभी युट्युवमार्फत पाठकहरुलाई समाचार र सूचना प्रवाह गर्दै आएको सम्पादक इन्द्रसिंह राजवंशी बताउँछन् ।

सो पत्रिकाले स्थानीय क्षेत्रमा खोजी गरी आफ्नै मौलिक समाचार पस्किने गरेकाले धेरैको मन जित्न सफल भएको उनको दावी छ । स्थानीय समाचारलाई मुख्य प्राथमिकता दिएकै कारण प्रतिदिन दैनिक र यसको अनलाइन लोकप्रिय रहेको सम्पादक राजवंशी बताउँछन् ।

उनले विभिन्न उतारचढाव बेहोर्दै पत्रिकालाई यहाँसम्म ल्याइपुर्याउने आम पाठक, विज्ञापनदाता, पत्रिकाका संचालक, व्यवस्थापन पक्ष, वितरक, शुभेच्छुक सबैलाई धन्यवाद दिँदै आगामी दिनमा समेत निरन्तर सहयोगको अपेक्षा गरेका छन् ।

सम्बन्धित खबर