२०८२ माघ १५ बिहिवार , ०७:१५:३० बजे

Sajhamanch
'

शेयर बजार २ हजार ७१४ विन्दुमा झर्‍यो, साढे १४ अर्ब रुपैयाँको कारोबार

बिहिवार, माघ १५, २०८२

काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ५३ अङ्कले घटेर २ हजार ७१४ दशमलव ०५ विन्दुमा झरेको छ ।

आज जलविद्युत्, लगानी र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र उत्पादन समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज १७० वटा कम्पनीको शेयर घटेकोमा ८५ वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त, सप्तकोशी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै ९ दशमलव २३ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ११ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ३२० वटा कम्पनीका ३ करोड ५४ लाख कित्ता शेयर १४ अर्ब ५६ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर