
काठमाडौं । सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुन आज एकैदिन तोलामा ९ हजार ५०० रुपैयाँले बढेर तोलाको ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाका ३ लाख ९ हजार ३०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउले पनि र्कीतिमान बनाएको छ । चाँदी आज तोलामा ४३० रुपैयाँले बढेर तोलाको ७ हजार ३०० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ६ हजार ८७० रुपैयाँ थियो ।


