२०८२ माघ १३ मङ्गलवार , ०२:२६:४२ बजे

Sajhamanch
'

समस्या राजनीतिक अस्थिरतामा र सामाजिक अराजकतामा छ : महासचिव पोखरेल

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्ने र एनार्किजमले व्यवस्था नै दुस्मन ठान्ने बताउनु भएको छ । साथै उहाँले दुवै मिल्दा राज्य कमजोर हुने र नागरिक विभाजित हुने तर्क गर्नु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा मंगलबार बिहान ‘आजको देशभक्तिको विषय’ भन्दै नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बन्नबाट जोगाउन आलोचनात्मक सोच अपनाउनुपर्ने,तथ्य र भावनालाई छुट्याउनुपर्ने तथा असहमति लोकतान्त्रिक विधिमै राख्नुपर्ने बताउनु भएको हो ।

‘राष्ट्र जोगाउनु भनेको गौरवपूर्ण नेपाली पहिचान जोगाउनु हो,संविधान जोगाउनु भनेको समावेशिता जोगाउनु हो,सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु भनेको भविष्य जोगाउनु हो’, महासचिव पोखरेलले भन्नु भएको छ,‘समस्या राजनीतिक अस्थिरतामा छ । सामाजिक अराजकतामा छ ।’

विश्वव्यापी रूपमा नै सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाको विषय निकै संवेदनशील बनेको छ ।

shankar

सम्बन्धित खबर