
काठमाडौं । सुनचाँदीको भाउ आज पनि बढेको छ । भाउ बढेर सुनचाँदीको भाउ आज अहिलेसम्मकै उच्च भएको छ ।
सुन आज तोलामा ३०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउले पनि र्कीतिमान बनाएको छ । चाँदी आज तोलामा ९५ रुपैयाँले बढेर तोलाको ६ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको ६ हजार ७६५ रुपैयाँ थियो ।


