२०८२ माघ १२ सोमवार , ०५:३९:५२ बजे

Sajhamanch
'

मेक्सिकोमा फुटबल मैदानमा भएको सशस्त्र आक्रमणमा ११ जनाको ज्यान गयो

सोमवार, माघ १२, २०८२

झापा । मेक्सिकोमा फुटबल मैदानमा भएको सशस्त्र आक्रमणमा ११ जनाको ज्यान गएको छ । मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको फुटबल मैदानमा आइतवार बन्दुकधारीहरूले गोली चलाउँदा अन्य १२ जना घाइते भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

यो आक्रमण सलामान्का शहरको छिमेकमा भएको हो । सलामान्का शहरको मेयरको कार्यालयका अनुसार अधिकारीहरूले आक्रमणका लागि जिम्मेवारहरूको खोजी गर्न अपरेशन शुरू गरेका छन् ।

ग्वानाजुआतो एक समृद्ध औद्योगिक केन्द्र हो र धेरै लोकप्रिय पर्यटन गन्तव्य हो तर सामूहिक हिंसाका कारण देशको सबैभन्दा घातक राज्य पनि बनेको खबरमा उल्लेख छ ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा मेक्सिकोको हत्याको दर एक दशककै सबैभन्दा न्यून स्तरमा झरेको बताउनुभएको थियो तर हत्या दर अहिले पनि अन्य देशको तुलनामा उच्च रहेको छ ।

सम्बन्धित खबर