२०८२ माघ १२ सोमवार , ०१:०७:१५ बजे

Sajhamanch
'

यी स्थानमा आज हिमपात र वर्षाको सम्भावना

सोमवार, माघ १२, २०८२

काठमाडौँ ।  पश्चिमी वायुको आंशिक प्रभावले हाल कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ। तराई भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु र कुहिरो रहनेछ।

दिउँसो देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

सम्बन्धित खबर