२०८२ माघ ११ आइतवार , ०२:१५:३९ बजे

Sajhamanch
'

चीनसँग व्यापार सम्झौता गरे क्यानडालाई एक सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

आइतवार, माघ ११, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा सरकारले चीनसँग व्यापार सम्झौता गरेमा क्यानेडाली सामानहरूमा एक सय प्रतिशतसम्म कर लगाउने चेतावनी दिनुभएको छ । तर ट्रम्पले आफ्नो सामाजिक सञ्जाल पोस्टमा कुन सम्झौताकोबारे टिप्पणी गरेको भन्ने स्पष्ट नभएको बीबीसीले उल्लेख गरेको छ ।

गएको हप्ता क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग रणनीतिक साझेदारी घोषणा गर्नुभएको छ, भने शुल्क घटाउन सहमत हुनुभएको थियो । त्यतिबेला ट्रम्पले यो कदमलाई सकारात्मक रूपमा लिनुभएको थियो ।

तर कार्नीले डाभोसमा एक भाषणमा अमेरिकाको नेतृत्वमा रहेको विश्व व्यवस्था ध्वस्त भएको बताएपछि पछिल्ला दिनमा अमेरिका र क्यानडाबीच फेरि तनाव बढेको छ ।

कार्नीले अन्य मध्यम शक्तिहरूलाई पनि ठूला शक्तिहरूद्वारा आर्थिक जबरजस्तीको सामना गर्न एकताबद्ध हुन आग्रह गर्नुभएको थियो । ट्रम्पले त्यसको भोलिपल्ट त्यो टिप्पणीको जवाफ दिँदै क्यानाडा अमेरिकाको कारणले बाँचिरहेको बताउनुभएको थियो । ट्रम्पले आफ्नो नयाँ शान्ति बोर्डमा सामेल हुन क्यानडालाई दिएको निमन्त्रणा पनि फिर्ता लिनुभएको छ ।

सम्बन्धित खबर