२०८२ माघ १० शनिवार , ०९:५४:४९ बजे

Sajhamanch
'

चन्द्रगढी खानेपानीको २३औं सभा सम्पन्न

शनिवार, माघ १०, २०८२

भद्रपुर । भद्रपुर १० स्थित खानेपानी उपभोक्ता तथा सरसफाई समिति चन्द्रगढीको २३औं परिषद भेला तथा वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । कोशी प्रदेशका पूर्व मन्त्री एकराज कार्कीले परिषद भेलाको उद्घाटन गरेका हुन् ।

संस्थाका अध्यक्ष पुरुषोत्तम अधिकारीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समितिले हालसम्म गरेका गतिविधिका बारेमा प्रकाश पारेका थिए । उनले समितिको अन्तिम सभा भएको जानकारी दिँदै छिटोभन्दा छिटो नयाँ समितिसमेत चयन गरिने बताए ।

कोषाध्यक्ष खेमराज भट्टराईले आर्थिक वर्ष २०८१/८२ को आयव्यय प्रस्तुत गर्दै २ करोड ८६ लाख ७२ हजार ४८५ आम्दानी तथा २ करोड ५५ लाख ४४ हजार १२५ खर्च विवरण पेश गरेका थिए ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, निवर्तमान संघीय सांसद सुनिता बराल, राप्रपा भद्रपुर नगर अध्यक्ष राजकुमार राई, समितिका संस्थापक अध्यक्ष लेखनाथ निरौला लगायतले मन्तब्य राखेका थिए ।

सचिव बाबुराम कार्कीले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई उपाध्यक्ष बाबुराम पराजुलीले शाब्दिक स्वागत गरेका थिए ।

सम्बन्धित खबर