२०८२ माघ ९ शुक्रवार , ०८:०४:०१ बजे

Sajhamanch
'

वैशाखदेखि हालसम्म पाँच हजार ९६६ विपद्का घटना

शुक्रवार, माघ ९, २०८२

काठमाडौं । गत वैशाखदेखि हालसम्म देशभर कूल पाँच हजार ९६६ वटा विपद्का घटना घटेका छन् । विपद्मा परेर ४२४ जनाको ज्यान गएको छ भने एक हजार ६४३ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर ३८ जना बेपत्ता भएका छन् भने ११ हजार ५३५ परिवार प्रभावित भएका छन् ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । दुई हजार ६९२ वटा आगलागीका घटना हुँदा ७५ जनाको अकालमा ज्यान गएको छ ।

यस्तै, ४४२ जना घाइते हुँदा दुई हजार ९९६ परिवार प्रभावित भएका छन् । यसैगरी पहिरोका मात्रै ५७७ घटना घटेको छ । पहिरोमा परेर ७१ जना मृत्यु भएको छ भने पाँच बेपत्ता छन् भने ८० जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार बाढीको ३१६, भारी बर्षाको ४२७, चट्याङको ३५२, सर्पदंशको ५८० घटना घटेको छ । वन डढेलोको १८६, हावाहुरी २९०,जनावर आक्रमण ४२२, लेक लाग्नुका १०५ घटना घटेको छ ।

हिउँ पहिरोको सङ्ख्या पाँच छ । भूकम्प सात डुङ्गा पल्टेर दुई असिना पानी असिना, शीतलहर , महामारी र हवाई दुर्घटना एक एक भएका छन् । पछिल्ला दिनमा त झन् आगलागीका घटनामा बढोत्तरी भएको छ । सामान्य सावधानी अपनाउँदा समेत न्यूनीकरण गर्न सकिने आगलागीका घटना न्यूनीकरण गर्न सकिने विभागको प्रस्टोक्ति छ ।

सम्बन्धित खबर