२०८२ माघ ९ शुक्रवार , १०:३०:१३ बजे

Sajhamanch
'

मनाङमा उम्मेदवारी फिर्ता लिन एमाले र राप्रपाको निवेदन

शुक्रवार, माघ ९, २०८२

काठमाडौं । मनाङमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका छन् ।

मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार, एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका हुन् ।

पौडेलले भन्नुभयो, ‘एमाले र राप्रपाबाट उम्मेदवारी फिर्ताको निवेदन आएको छ । औपचारिक निर्णय दिउँसो १ बजे पछि हुन्छ ।’

एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङले उम्मेदवार दर्ता गरेका थिए । दुवै जना उम्मेदवार नहुने भएका छन् । मनाङमा पाँच जनाको उम्मेवारी परेको थियो ।

रास्वपाबाट उम्मेदवारको टिकट लिएका व्यक्ति तोकिएको समय भन्दा ढिलो गरी निर्वाचन अधिकृतका कार्यालय पुग्दा उनी उम्मेदवार हुन पाएका थिएनन् ।

कांग्रेसबाट यसअघि निर्वाचित टेकबहादुर गुरुङ पुनः उम्मेदवार बनेका छन् ।

सम्बन्धित खबर