२०८२ माघ ६ मङ्गलवार , ०७:४५:५३ बजे

Sajhamanch
'

शेयर बजार झन्डै ५ महिनायताकै उच्च विन्दुमा, ११ अर्ब ८५ करोड रुपैयाँको कारोबार

मङ्गलवार, माघ ६, २०८२

काठमाडौं । देश चुनावमय हुँदै जाँदा शेयर बजारमा पनि सकारात्मक प्रभाव परेको छ । शेयर बजार परिसूचक नेप्से आज ४२ दशमलव २६ अङ्कले बढेर २ हजार ७१४ दशमलव ८१ विन्दुमा पुगेको छ ।

नेप्से झन्डै ५ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको भदौ १९ गते २ हजार ७१९ विन्दुमा पुगेको थियो ।

आज सबै समूहको शेयर बढेकोमा होटल समूहको शेयर सबैभन्दा धेरै ३ दशमलव ३६ प्रतिशतले उकालो लागेको छ । आज गुर्खाज फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

बजार उच्च अङ्कले बढेको दिन सिद्धार्थ बैंकको डिबेन्चर २०८९ सबैभन्दा धेरै ४ दशमलव २३ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अस्ति आइतवार ८ अर्ब ४० करोडको कारोबार भएकोमा आज ३३९ वटा कम्पनीका २ करोड ५१ लाख कित्ता शेयर ११ अर्ब ८५ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो कारोबार रकम झन्डै ६ महिनायताकै धेरै हो । यसअघि गएको साउन १८ गते १३ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको थियो ।

सम्बन्धित खबर