२०८२ माघ ५ सोमवार , ०७:०१:५४ बजे

Sajhamanch
'

प्रतिनिधिसभामा उम्मेदवार बन्न राजीनामा दिने जनप्रतिनिधिको सङ्ख्या बढ्दो

सोमवार, माघ ५, २०८२

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्न राजीनामा दिने जनप्रतिनिधिको सङ्ख्या बढिरहेको छ ।

हिजो काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले राजीनामा दिनुभयो । उहाँहरू दुवै जना यसअघि भएको पालिका चुनावमा स्वतन्त्रबाट जितेका चर्चित मेयर हुनुुहुन्छ ।

यस्तै चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भोलि राजीनामा दिएर मनोनयन दर्ता गराउने बताउनुभएको छ ।

पालिकाका जनप्रतिनिधि मात्र नभइ प्रदेश सांसदहरूले पनि राजीनामा दिने क्रम चलिरहेको छ । मधेश प्रदेशका पूर्वमुख्यमन्त्रीसतिश सिंह र निवर्तमान सभामुख रामचन्द्र मण्डलले सांसद पदबाट राजीनामा दिनुभएको छ ।

यस्तै चुनावमा प्रतिस्पर्धाकै लागि सङ्घीय सरकारका मन्त्रीहरू कुलमान घिसिङ र बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिनुभएको छ ।

निर्वाचन आयोगले गएरातिदेखि लागू गरेको निर्वाचन आचारसंहितामा पालिकामा निर्वाचित व्यक्ति सङ्घीय संसद्को उम्मेदवार बने स्वतः पदमुक्त हुने व्यवस्था गरेको छ ।

तर अदालतले जनप्रतिनिधिले राजीनामा दिनुपर्ने नजिर रहेका कारण स्वतः पदमुक्तभन्दा राजीनामा दिनु उचित हुने निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताउनुभयो ।

सम्बन्धित खबर