२०८२ माघ ५ सोमवार , ०५:०३:४७ बजे

Sajhamanch
'

मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए सांसद पदबाट राजीनामा

सोमवार, माघ ५, २०८२

काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पदबाट राजीनामा दिनु भएको छ । उहाँले प्रदेशसभाबाट राजीनामा दिएको जानकारी गराउनु भएको हो ।

‘आज विधिवत रूपमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएँ । साथै, साथै जनमत पार्टीका सधारण सदस्य समेत नरहने गरि पार्टीबाट पनि राजीनामा दिएको छु,’ सिंहले भन्नुभयो ।

प्रतिनिधिसभा निर्वाचनका लागि उहाँले आफ्नो छुट्टै पार्टी दर्ता गराउनु भएको छ ।

आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा स्वाभिमान पार्टी दर्ता गराउनु भएको हो । सोही पार्टीबाटै उहाँ प्रतिनिधिसभा उम्मेदवार बन्न लाग्नु भएको हो ।

उहाँ गत २०७९ को निर्वाचनमा क्षेत्र नम्बर २ (क) बाट जनमतबाट चुनाल लडेर जितेका थिए । उहाँलाई जनमतले मधेश प्रदेश सभामा अर्थ समितिका सभापति र पछि मुख्यमन्त्री समेत बनाएको थियो ।

जेनजी आन्दोलनको क्रममा जनमतका केन्द्रीय अध्यक्ष डा. सीके राउतको निर्देशनमा उनी फेसबुकमा राजीनामा दिनु भएको थियो । तर, पछि कुरा फेरेपछि जनमतले नै समर्थन फिर्ता लिएपछि विवादित बनेका थिए । त्यसबेलादेखि पार्टीभित्र उहाँको कुरा मिलेको थिएन ।

सिंह २०७४ देखि २०७९ सम्म सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष हुनुहनथ्यो । ४३ वर्षीय सिंह तिलाठी कोइलाडी गाउँपालिका–४ तिलाठीका स्थायी बासिन्दा हुन् ।

सम्बन्धित खबर