२०८२ माघ ४ आइतवार , ०७:४८:३५ बजे

Sajhamanch
'

शेयर बजार ३१ अङ्कले बढ्यो, ८ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

आइतवार, माघ ४, २०८२

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव १२ अङ्कले बढेर २ हजार ६७२ दशमलव ५५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर ५ दशमलव ७३ प्रतिशतले उकालो लागेको छ । आज २२४ वटा कम्पनीको शेयर बढेकोमा ३१ वटाको घटेको छ । यस्तै ५ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज र गुर्खाज फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै ८ दशमलव ७८ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गएको बुधवार ६ अर्ब २० करोडको कारोबार भएकोमा आज ३३८ वटा कम्पनीको १ करोड ६६ लाख कित्ता शेयर ८ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर