२०८२ माघ ४ आइतवार , ०५:४७:१२ बजे

Sajhamanch
'

स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा

आइतवार, माघ ४, २०८२

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेकै समयमा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले आज पदबाट राजीनामा दिएका छन् ।

उनले आज आइतबार स्वास्थ्य मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्।

पछिल्लो समय ठूला संघीय अस्पतालहरूले नै स्वास्थ्य बीमा अवरुद्व पारेका छन्। सरकारबाट बीमाको भुक्तानी नहुँदा यसको सेवा कमजोर बनेको छ ।

उक्त रकम अर्थ मन्त्रालयले दिन आनाकानी गरिरहेको छ । सरकारबाट भुक्तानी नभएपछि सेवा प्रदायकले बीमा कार्यक्रम रोकेका हुन्।

बीमामा उपचार सेवा लिन आउने सेवाग्राहीहरूले सास्ती खेप्ने गरेका छन्।