२०८२ माघ ४ आइतवार , ०३:३१:३७ बजे

Sajhamanch
'

नासाको आर्टेमिस–२ रकेट प्रक्षेपण स्थलमा

आइतवार, माघ ४, २०८२

झापा । ५० वर्षपछि पहिलोपटक चालक दलसहित चन्द्रमा जाने अभियानको तयारी तीब्र पार्दै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो मेगा रकेट प्रक्षेपण स्थलमा पुर्‍याएको छ ।

९८ मिटर अग्लो स्पेस लन्च सिस्टम रकेटलाई फ्लोरिडाको केप क्यानाभेरलमा रहेको केनेडी अन्तरिक्ष केन्द्रबाट साढे ६ किलोमिटरको यात्रा गराएर प्रक्षेपण स्थल पुर्‍याइएको नासालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

रकेटलाई विशेष यन्त्रमार्फत ठाडै राखेर सारिएको हो । अब अन्तिम परीक्षण र तयारी सम्पन्न भएपछि १० दिने आर्टेमिस–२ अभियानका लागि चार जना अन्तरिक्ष यात्रीहरू चन्द्रमाको परिक्रमा गर्न जानेछन् । नासाले फेब्रुअरी ६ तारिखभन्दा पछि रकेट प्रक्षेपण हुने जनाएको छ ।

यो सन् १९७२ को डिसेम्बरमा अपोलो १७ ले चन्द्रमाको सतहमा अवतरण गरेपछिको पहिलो चालक दलसहितको चन्द्रमा अभियान हो । आर्टेमिस–२ ले चन्द्रमामा अवतरण गर्ने छैन तर भविष्यमा आर्टेमिस–३ अभियानमार्फत चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरणका लागि आधार तयार गर्नेछ । नासाले आर्टेमिस–३ को प्रक्षेपण सन् २०२८ मा हुन सक्ने विस्वास गरेको छ ।