२०८२ माघ २ शुक्रवार , ०८:५३:५४ बजे

Sajhamanch
'

निर्वाचन प्रहरीका लागि १ लाख ७२ हजार आवेदन, ३६ जिल्लामा मागे भन्दा कम

शुक्रवार, माघ २, २०८२

काठमाडौं । निर्वाचन प्रहरीका लागि बिहीबारसम्म १ लाख ७२ हजार ८७७ जनाको आवेदन परेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार आवेदन दिने अन्तिम मितिसम्म एक लाख ७२ हजार ८७७ जनाले आवेदन दिएका हुन् ।

देशभरबाट नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्नाका लागि माग गरिएको थियो । सो क्रममा एक लाख ७२ हजार ८७७ जनाले आवेदन दिए । ३६ जिल्लामा भने माग भन्दा कम आवेदन परेको डीआईजी काफ्लेले बताउनु भयो ।

उहाँका अनुसार कम आवेदन परेका ३६ जिल्लामा पुनः २ दिन म्याद थप गरेर आवेदन माग गरिएको छ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि २४ पुसमा आवेदन खुलाइएको थियो । हिजो बिहीबारसम्म आवेदन दिने अन्तिम मिति थियो ।

यता, सशस्त्र प्रहरीले पनि निर्वाचन सुरक्षा प्रहरीका लागि छुट्टै भर्ना आह्वा गरेर अहिले आवेदन लिइरहेको छ ।

निर्वाचन प्रहरी छनोटमा पूर्वसुरक्षाकर्मी एवं पूर्ववन रक्षक, पछिल्लोपटक विभिन्न सुरक्षा निकायको भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूलाई प्राथमिकता दिइने बताइएको छ ।

यसका साथै, यसअघिका निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक रूपमा काम गरेका व्यक्ति र विदेशी राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकले पनि प्राथमिकता पाउने छन् ।

सम्बन्धित खबर