२०८२ माघ २ शुक्रवार , ०३:०९:०८ बजे

Sajhamanch
'

कांग्रेसको आधिकारिकताबारे आयोगले विधि र पद्धतिअनुसार निर्णय गर्छ : प्रमुख कार्यवाहक निर्वाचन आयुक्त

शुक्रवार, माघ २, २०८२

काठमाडौं । प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकताबारे निर्वाचन आयोगले विधि र परम्पराअनुसार निर्णय गर्ने बताउनुभएको छ ।

निर्वाचन आयोगमा आफ्नो आधिकारिकता दाबीका लागि पुगेका कांग्रेस नेताहरूसँगको कुराकानीमा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले राजनीतिक दलसम्बन्धी विषयमा आयोगको आफ्नो परम्परा, विधि, संविधान, ऐन र कानून रहेकाले त्यसैअनुसार निर्णय हुने बताउनुभयो ।

निर्वाचन आयोग विधि र पद्धतिभन्दा बाहिर नजाने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘आयोगको संस्थागत परम्परा जुन छ त्यसैलाई टेकेर कांग्रेसको आधिकारिकता तय हुन्छ ।’

प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आयोगले चुनाव सम्पन्न गर्ने प्रयोजनका लागि आवश्यक कार्यक्रम सकेर चुनाव सम्पन्न गराउने पनि बताउनुभयो ।

नेपाली कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेर केन्द्रीय कार्यसमिति चयन गरेसँगै आधिकारिकताको विवाद सिर्जना भएको छ । संस्थापन र विशेष महाधिवेशन पक्षधर दुवैले आ–आफ्नै आधिकारिकता दाबी गरिरहेका छन् ।