२०८२ पौष २९ मङ्गलवार , १०:२५:१३ बजे

Sajhamanch
'

मधेसी एकता समाज यूएई शाखाको नयाँ कार्यसमिति गठन

मङ्गलवार, पौष २९, २०८२

युएई । विदेशमा बस्ने मधेशीहरुको छाता संगठन मधेसी एकता समाजको यूएई शाखाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको छ ।

यूएईको फुजैराहस्थित मसाफी क्षेत्रमा आइतबार आयोजित कार्यक्रममा समाजको यूएई शाखाले नयाँ कार्यसमिति गठन गरेको हो ।
समाजको यूएई शाखाका निवर्तमान अध्यक्ष रोशन देवले अध्यक्षता गर्नुभएको कार्यक्रममा समाजका अन्तर्राष्ट्रिय समिति अध्यक्ष डा. रविन्द्रकुमार यादव प्रमुख अतिथि हुनुहुन्थ्यो ।

नयाँ कार्यसमितिमा शैलेन्द्रकुमार राय अध्यक्ष, अफरोज हुसैन, मनिष कर्ण, धर्मेन्द्र मण्डल र सन्दीप यादव उपाध्यक्ष, रामपुकार यादव र रामअयोध्या साह सहअध्यक्ष, कृष्णकुमार साह महासचिव, अभिमन्यु यादव कोषाध्यक्ष, विक्रम साह युवा संयोजक र भोला पासवान सांस्कृतिक संयोजकमा चयन हुनुभएको छ ।

कार्यक्रममा यूएईमा बसोबास गर्दै आएका मधेसी समुदायका सदस्यहरूको सहभागिता थियो ।

कार्यक्रममा समाजको यूएई शाखाका पूर्व अध्यक्ष धर्मेन्द्र गोहीवर, अन्तर्राष्ट्रिय सल्लाहकार तन्मिर आलम, शहनवाज अख्तर, फैसल हुसैन, लाल सिंह, जिवछ साह, सुनील पुर्बे, अमित शर्मा तथा समाजको बिजनेस काउन्सिलका अध्यक्ष कवीन्द्र यादवलगायतको सहभागिता थियो ।

त्यस अवसरमा नयाँ वर्ष २०२६ को अवसरमा वनभोज कार्यक्रम पनि आयोजना गरिएको थियो । वनभोजमा मधेशी समुदायका विभिन्न खाद्य परिकारसहितको सामुहिक भोजन तथा आपसी भेटघाट कार्यक्रम गरिएको थियो ।

सम्बन्धित खबर