२०८२ पौष २९ मङ्गलवार , ०८:०२:५६ बजे

Sajhamanch
'

इरानमा प्रतिबन्ध केही खुकुलो, ज्यान गुमाउनेको सङ्ख्या ६४६ पुग्यो

मङ्गलवार, पौष २९, २०८२

झापा । इरानले नागरिकमाथि लगाएका केही प्रतिबन्धहरू केही खुकुलो पारेको छ । देशभर फैलिएको हिंसात्मक विरोध प्रदर्शनपछि पहिलो पटक इरानी नागरिकलाई मोबाइल फोनमार्फत विदेशमा फोन कल गर्न अनुमति दिइएको समाचार संस्था एपीले जनाएको छ ।

विदेशमा फोन गर्न मिले पनि विदेशबाट इरानभित्र फोन गर्न भने सम्भव नभएको सेवाग्राहीले बताएका छन् । यद्दपि इन्टरनेटमा लगाइएको प्रतिबन्ध यथावत् रहेको र एसएमएस सेवा अझै सञ्चालनमा आएको छैन ।

यसैबीच प्रदर्शनका क्रममा अहिलेसम्म ६४६ जनाको ज्यान गएको खबरमा उल्लेख छ । प्रदर्शन शुरू भएयता १० हजार ७०० जनाभन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा राखेको छ ।

दुई हप्ताभन्दा धेरै समयदेखि चलिरहेको सरकारविरोधी आन्दोलनका कारण जनजीवन कष्टकर बनेको छ । सरकारको तीव्र दमनका बीच हजारौँ मानिसहरू सडकमा निस्किएका छन् ।

महँगीविरुद्ध शुरू भएको प्रदर्शनमा अहिले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको शासन अन्त्य हुनुपर्ने मुख्य माग छ ।

सम्बन्धित खबर