२०८२ पौष २९ मङ्गलवार , ०२:२५:२९ बजे

Sajhamanch
'

इरानसँग व्यापार गर्ने देशहरूमा २५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

मङ्गलवार, पौष २९, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यावसायिक सम्बन्ध भएका देशहरूबाट आउने सामानहरूमा २५ प्रतिशत भन्सार कर (ट्यारिफ) लगाएको घोषणा गर्नुभएको छ ।

इरानमा सरकार विरोधी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गर्दै गर्दा दबाब सिर्जना गर्न पछिल्लो कदम चालिएको हुन सक्ने बीबीसीले उल्लेख गरेको छ ।

चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, त्यसपछि इराक, संयुक्त अरब इमिरेट्स (युएई), टर्की र भारत छन् । इरानले प्रदर्शनकारीलाई दमन गर्दै गएमा सैन्य हस्तक्षेप गर्ने ट्रम्पले धम्की दिएपछि नयाँ शुल्क लगाइएको हो ।

ह्वाइट हाउसकी प्रवक्ता कारोलिन लेभिटले हवाई आक्रमणलगायत सैन्य विकल्पहरू अझै पनि टेबलमा रहेका बताउनुभएको छ ।