२०८२ पौष २९ मङ्गलवार , ०१:२३:५५ बजे

Sajhamanch
'

कांग्रेस विशेष महाधिवेशनले भंग गर्‍यो निर्वाचन समिति, सीतारामको नेतृत्वमा नयाँ गठन

मङ्गलवार, पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गरेको छ ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो ।

यसअघिको समिति भंग गरेर केसीको संयोजकत्वमा नयाँ समिति गठन गरिएको हो । यसअघि पार्टीले खम्बबहादुर खाँतीको नेतृत्वमा निर्वाचन समिति बनाएको थियो ।

समितिको सदस्यहरुमा अशोक पोखरेल, गोकर्ण बंजाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहनु भएको छ ।

भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र जारी छ । अब बाँकी प्रक्रिया सुरु गरिने नेताहरुले जानकारी दिनु भएको छ। नयाँ समितिले निर्वाचनको प्रक्रिया अघि बढाउनेछ ।

अहिले संस्थापन पक्षसँग वार्ता पनि चलिरहेको छ ।