२०८२ पौष २९ मङ्गलवार , ११:५०:३७ बजे

Sajhamanch
'

झापा ‘उवासंघ’द्वारा कोशी प्रदेश सरकारलाई महोत्सवको प्रस्ताव हस्तान्तरण

मङ्गलवार, पौष २९, २०८२

झापा । झापा उद्योग वाणिज्य संघ भद्रपुरका कार्यवाहक अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक राजकुमार राईले कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेललाई औद्योगिक, व्यापार, कृषि, तथा पर्यटन महोत्सवको प्रस्ताव बुझाउनु भएको छ ।

अध्यक्ष राईले आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीकोसमेत ध्यानाकर्षण गराउने उद्देश्यले मुख्य सचिव पौडेललाई औद्योगिक, व्यापार, कृषि, तथा पर्यटन महोत्सवको प्रस्ताव बुझाउनु भएको हो ।

प्रतिनिधि मण्डलले झापा उद्योग वाणिज्य संघले माघ ७ गतेदेखि २१ गतेसम्म आयोजना गर्न लागेको औद्योगिक, व्यापार, कृषि, तथा पर्यटन महोत्सव सम्पन्न गर्न आवश्यक सहयोगसमेतको माग गर्दै सो प्रस्ताव बुझाएको संघका महासचिव सुमन्त मैनालीले जानकारी दिनुभयो ।

सो अवसरमा प्रमुख सचिव पौडेलले सुस्ताएको बजारलाई प्रवर्धन र संवर्धन गर्न कोशी प्रदेश सरकारले केही प्रयत्न शुरु गरेको बताउनु भयो । उहाँले कोशी प्रदेशको पर्यटकीय नयाँ गन्तव्यहरुको पहिचान र विकास गर्न निजी क्षेत्रको पनि योगदान महत्वपूर्ण रहेको बताउनु भयो । प्रदेश सरकारले निजी क्षेत्रको प्रयासलाई सम्भव भएसम्म सहयोग पु¥याउन प्रदेश सरकार लागि परेको बताउनु भयो ।

आइतबार नै वन तथा पर्यटन मन्त्रालय, कृषि, भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, सामाजिक सुरक्षा मन्त्रालय, खानेपानी मन्त्रालय लगायतमा अध्यक्ष राईले संघको प्रस्तावपत्र बुझाउनु भयो ।

विभिन्न संघहरुले आयोजना गर्ने औद्योगिक, व्यापार, कृषि, तथा पर्यटन महोत्सव व्यापार मेला तथा महोत्सवलाई सहयोग गर्न कोशी प्रदेश सरकारले सानै भएपनि सहयोग बचनबद्धता मन्त्री तथा सचिवहरुले व्यक्त गर्नु भएको कोषाध्यक्ष पवनकुमार श्रेष्ठले बताउनु भयो ।

सो कार्यक्रममा प्रदेश सभाका सदस्यहरु भूमि राजवंशी तथा छविलाल चुडाल, कोशी प्रदेश सभाका पूर्व सदस्य बसन्त बानियाँ, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उमेश डालमियाँ, झापा उद्योग वाणिज्य संघको विशिष्ठ सदस्य खड्गबहादुर लिम्बू, महासचिव सुमन्त मैनाली, कोषाध्यक्ष पवनकुमार श्रेष्ठलगायतको सहभागिता थियो ।