२०८२ पौष २८ सोमवार , ०६:४८:३१ बजे

Sajhamanch
'

ग्रिनल्याण्डलाई लिएर डेनमार्क र अमेरिकाबीचको तनाव बढ्दै

सोमवार, पौष २८, २०८२

झापा । डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ग्रिनल्याण्डको भविष्यलाई लिएर देश निर्णायक मोडमा पुगेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वशासित आर्कटिक क्षेत्र ग्रिनल्याण्ड कब्जा गर्ने धम्की फेरि दोहोर्याएपछि तनाव बढेको हो ।

वाशिङ्गटन डीसीमा हुने कच्चा पदार्थसम्बन्धी बैठक अगाडि बोल्दै फ्रेडरिक्सनले ग्रिनल्याण्डबारे स्पष्ट विवाद रहेको उल्लेख गर्दै डेनमार्क अन्तर्राष्ट्रिय कानुन र नागरिकको आत्मनिर्णयको अधिकारको पक्षमा दृढ रहेको बताउनुभएको अलजजिराले जनाएको छ । उहाँले आर्कटिक क्षेत्रमा समेत आफ्ना मूल्यहरूको रक्षा गर्न तयार रहेको स्पष्ट पार्नुभयो । यसले युरोपेली देशहरूमा चासो र आलोचना बढाएको छ ।

यसैबीच, नाटोका केही सदस्य देशहरुले आर्कटिक क्षेत्रमा सुरक्षा सुदृढ गर्न सम्भावित नाटो मिसनबारे छलफल थालेका छन् । बेल्जियमका रक्षा मन्त्री थियो फ्रान्केनले अमेरिकी सुरक्षा चिन्तालाई सम्बोधन गर्न ‘आर्कटिक सेन्ट्री’ जस्तो नाटो अपरेशन आवश्यक हुन सक्ने बताएका छन् ।

सम्बन्धित खबर