
झापा । अमेरिकासँगको व्यापार सम्झौता अनिश्चित बनेपछि भारतले नयाँ बजारको खोजीलाई तीव्रता दिएको छ । सामान निर्यातका लागि नयाँ बजार खोज्दै कडा अमेरिकी शुल्कको प्रभाव घटाउन भारतले आक्रामक रूपमा वैकल्पिक व्यापार सम्झौताहरूको खोजी गरिरहेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ५० प्रतिशतसम्म कर बढाएपछि गएको अगस्टमा दुई देशबीचको सम्बन्ध चिसिएको थियो । यसले रोजगारी गुम्ने जोखिम मात्र नबढाइ उत्पादन र निर्यातको प्रमुख केन्द्र बन्ने आफ्नो दीर्घकालीन महत्त्वकाङ्क्षामा पनि धक्का पुर्याएपछि भारत आफ्नो सबैभन्दा ठूलो बजार बाहिरका सम्भावनाको खोजीमा छ ।
यसका लागि भारतले बेलायतसँगको सम्झौता गर्नुका साथै युरोपेली सङ्घ (ईयू), युरेसियन इकोनोमिक युनियन, मेक्सिको, जर्मनी, चिली तथा दक्षिण अमेरिकी मर्कोसुर व्यापार समूहसँग नयाँ सम्झौता वा विद्यमान सम्झौता विस्तारका लागि काम गरिरहेको नयाँदिल्लीमा रहेको ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभका अजय श्रीवास्तवले बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।


