२०८२ चैत १ आइतवार , ०८:१४:०७ बजे

Sajhamanch
'

सुडानमा दुई करोड भन्दा धेरै मानिस गम्भीर खाद्य असुरक्षा भोग्दै

आइतवार, पौष २७, २०८२

झापा । सुडानमा दुई करोड १० लाख भन्दा धेरै मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसीएचए) का प्रवक्ता जेन्स लार्केले सुडानमा द्वन्द्व चलेको एक हजार दिन बितिसकेको अवस्थामा अहिले ठूलो सङ्ख्यामा मानिसले खाद्य असुरक्षाको सामना गरिरहेका बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

उहाँले सुडानमा सङ्कटको अवस्था रहेको र झन्डै तीन करोड ४० लाख जनसङ्ख्यालाई अहिले मानवीय सहायताको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ । एल फासेर र काडुगलीमा अनिकालको पुष्टि भएको छ र कम्तिमा २० अन्य क्षेत्रहरू यस्तै अवस्थाको जोखिममा छन् ।

संयुक्त राष्ट्रसंघले स्थायी शान्तिका साथै अन्तर्राष्ट्रिय मानवीय कानूनको कडा पालनाका लागि वास्तविक कदम चाल्न आग्रह गरिरहेको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर