२०८२ माघ १२ सोमवार , ०३:३२:१५ बजे

Sajhamanch
'

जोहरान ममदानीद्वारा न्यूयोर्क शहरको पहिलो मुस्लिम मेयरका रूपमा शपथ ग्रहण

बिहिवार, पौष १७, २०८२

झापा । अमेरिकी डेमोक्रेटिक पार्टीका नेता जोहरान ममदानीले न्यूयोर्क शहरको मेयरको रूपमा शपथ लिनुभएको छ ।

ओल्ड सिटी हल स्टेशनमा भएको विशेष समारोहमा ममदानीले न्यूयोर्कको ११२औँ मेयरका रूपमा कुरानमा हात राखेर पद तथा गोपनीयताको शपथ लिनुभएको बीबीसीले जनाएको छ ।

३४ वर्षीय जोहरान ममदानी १०० वर्षभन्दा धेरै समयपछि न्यूयोर्कका सबैभन्दा कान्छा मेयर हुनुहुन्छ । यस्तै उहाँ न्यूयोर्कको पहिलो मुस्लिम मेयर हुनुहुन्छ । ममदानी यो पद सम्हाल्ने दक्षिण एसियाली मूलका पहिलो व्यक्ति पनि हुनुहुन्छ ।

गएको नोभेम्बरमा न्यूयोर्कमा चुनाव भएको थियो । मेयरको मुख्य प्रतिस्पर्धा जोहरान ममदानी र राज्यका पूर्वगभर्नर एन्ड्रयू कुवोबीच भएको थियो । डेमोक्रेटिक प्राइमरीमा ममदानीसँग पराजित भएपछि कुवोले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावमा प्रतिस्पर्धा गर्नुभएको थियो । यस्तै रिपब्लिकन पार्टीबाट कर्टिस स्लिभा पनि उम्मेदवार बन्नुभएको थियो ।

सम्बन्धित खबर