२०८२ पौष १७ बिहिवार , ०४:२३:०६ बजे

Sajhamanch
'

सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास

बिहिवार, पौष १७, २०८२

विराटनगर । सशस्त्र प्रहरीको गोली लागेर अटो रिक्सा चालकको मृत्यु भएपछि सुनसरीको लौकही बजार तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले केही सेल अश्रु ग्यास प्रहार भएको बताउनु भयो । ‘स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार भएको हो । अहिले अवस्था सामान्य बन्दै गएको छ’ डीआईजी घिमिरेले भन्नुभयो ।

बिहीबार बिहान करिब राति १ बजे कोशी गाउँपालिका १ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । उनी भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायत सामग्री लिएर आउँदै थिए । घर नजिकै उनीमाथि सशस्त्र प्रहरीले गोली चलाएको थियो । उनलाई दुई राउण्ड गोली लागेको छ ।

साहको मृत्युपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । आक्रोशित समूहले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी र तोडफोडसमेत गरेको छ ।

अहिले सीडीओ कार्यालयमा वार्ताको तयारी भइरहेको डीआईजी घिमिरेले बताउनु भयो ।

सम्बन्धित खबर