
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ ।
नेपाल आयल निगमले आज जनवरी १ बिहानको राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोलमा ४ रुपैयाँ, डिजेल र मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको छ । त्यस्तै, हवाइ इन्धन आन्तरिकतर्फ पनि ६ रुपैयाँले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ ।



