२०८२ पौष १६ बुधवार , ०२:३१:४६ बजे

Sajhamanch
'

इजरायलद्वारा गाजामा काम गरिरहेका ३७ भन्दा धेरै राहत संस्थामाथि प्रतिबन्ध

बुधवार, पौष १६, २०८२

झापा । इजरायलले गाजामा काम गरिरहेका ३७ वटा भन्दा धेरै अन्तर्राष्ट्रिय राहत संस्थाको अनुमति नवीकरण नगर्ने निर्णय गरेको छ ।

नयाँ नियमअनुसार कर्मचारी, वित्तीय स्रोत र सञ्चालन विवरण नबुझाएका कारण ती संस्थामाथि प्रतिबन्ध लगाइएको अलजजिराले जनाएको छ । इजरायलले केही राहतकर्मीलाई हमाससँग सहकार्य गरेको आरोप समेत लगाएको छ ।

तर यो आरोपमा केही संस्थाहरुले कडा रूपमा अस्वीकार गरेका छन् । नर्वेजियन रिफ्युजी काउन्सिल, इन्टरनेशनल रेस्क्यु कमिटी जस्ता प्रमुख संस्थाहरू पनि प्रतिबन्धको सूचीमा परेका खबरमा उल्लेख छ । राहत संस्थाहरूले इजरायलका नियमहरू मनपरी र असुरक्षित भएको बताएका छन् ।

बेलायत, क्यानडा, फ्रान्स, जापानसहित १० वटा देशले गाजाको मानवीय अवस्था जटिल बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ती देशहरूले इजरायलमा राहत संस्थालाई निरन्तर रूपमा काम गर्न दिन आग्रह गरेका छन् ।

सम्बन्धित खबर