२०८२ पौष १६ बुधवार , ०२:२७:२९ बजे

Sajhamanch
'

तराईमा आज पनि हुस्सु, हिमाली र पहाडी क्षेत्रको मौसम आंशिक बदली

बुधवार, पौष १६, २०८२

काठमाडौं । तराईमा आज पनि हुस्सु लागेको छ । पुस पहिलो हप्तायता निरन्तर लागेको हुस्सु र कुहिरोका कारण तराई/मधेशमा जनजीवन प्रभावित बनेको छ ।

हुस्सुले जनजीवनसँगै यातायात तथा हवाई सेवा प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । हिमाली र उच्च पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सीयस मापन गरिएको छ ।

सम्बन्धित खबर