२०८२ पौष १५ मङ्गलवार , ०२:२२:५८ बजे

Sajhamanch
'

तराईमा बाक्लो हुस्सु र कुहिरो : उच्च पहाडी र हिमाली केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं । आज देशका उच्च पहाडी र हिमाली केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च क्षेत्रमा कतै(कतै हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।

मौसमविद् गोबिन्द झाका अनुसार भोलि र पर्सि पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै तराईका धेरै ठाँउमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । अझै केही दिन तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो कायमै रहने सम्भावना छ ।

तराईमा बढेको चिसोले जनजीवन प्रभावित हुँदै आएको छ । तर महाशाखाले शीतलहरको आधिकारिक घोषणा भने गरिसकेको छैन । काठमाण्डौ उपत्यकामा अहिले बिहान हुस्सु लागे पनि दिउँसो मौसम सफा रहनेछ । आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस मापन भएको छ ।

सम्बन्धित खबर