
झापा । मेक्सिकोमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ भने १०० जना घाइते भएका छन् । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बीबीसीले जनाएको छ ।
२४१ यात्रु र ९ रेल चालकदलका सदस्य सवार रहेको रेल मेक्सिकोको राजधानीबाट झन्डै ६०० किलोमिटर दूरीमा पर्ने ओआक्साका राज्यको असुनसियोन इक्स्टाल्टेपेक क्षेत्रमा दुर्घटनामा परेको हो ।
सीएनएनले घाइतेमध्ये ३६ जनालाई उपचारका लागि अस्पताल लगिएको र अन्यलाई सामान्य चोटपटक मात्रै लागेको उल्लेख गरेको छ । के कारणले दुर्घटना भएको हो भन्ने चाहिँ खुलिसकेको छैन । यो रेल सेवा दक्षिणी मेक्सिकोमा रेल यात्रालाई प्रोत्साहन गर्न शुरू गरिएको हो ।


