२०८२ पौष ११ शुक्रवार , ०२:२९:५६ बजे

Sajhamanch
'

भारत र श्रीलङ्काबीचको महिला टी–२० शृङ्खलाको तेस्रो खेल आज

शुक्रवार, पौष ११, २०८२

काठमाडौं । भारत र श्रीलङ्काबीच चलिरहेको पाँच खेलको महिला टी–२० श्रृङ्खला अन्तर्गत तेस्रो खेल आज हुँदैछ । यो खेल बेलुकी सवा ७ बजे थिरुवनन्तपुरममा रहेको ग्रीनफिल्ड अन्तर्राष्ट्रिय रङ्गशालामा हुँदैछ ।

यसअघि भारतले लगातार दुई खेल जितेको छ । भारतले दोस्रो खेलमा श्रीलङ्कालाई ७ विकेटले हराएको छ । भारतले श्रृङ्खलामा २–० को अग्रता बनाएको छ ।

गएको मंगलवार विशाखापट्टनममा भएको खेलमा १२९ रनको लक्ष्य पछ्याएको भारतले सेफाली वर्माको अर्धशतकमा ११ ओभर ५ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । भारतले पहिलो खेल ८ विकेटले जितेको थियो ।