२०८२ पौष १० बिहिवार , ०५:५६:३५ बजे

Sajhamanch
'

त्रिविको दीक्षान्त समारोहमा १६ हजार जना विद्यार्थी दीक्षित

बिहिवार, पौष १०, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहमा १६ हजार तीन सय जनाभन्दा धेरै विद्यार्थी दीक्षित भएका छन् ।

आज एक समारोहका बीच प्रधानमन्त्री एवम् विश्वविद्यालयकी कुलपति सुशीला कार्कीलगायत शैक्षिक क्षेत्रका अग्रजले उनीहरूलाई दीक्षित भएको घोषणा गर्नुभएको हो । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १०१ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्शालामा चलिरहेको समारोहमा विश्वविद्यालयको इतिहासमा पहिलो पटक नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुनुहुन्छ । कार्यक्रममा सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायत प्राज्ञको पनि उपस्थिति छ ।

विश्वविद्यालयका उपकुलपति प्रा। दीपक अर्यालले विश्वविद्यालय क्रमिक रूपमा सुधारको बाटोमा अग्रसर भएको बताउँदै दीक्षित विद्यार्थीलाई बधाई दिनुभयो ।

सम्बन्धित खबर