
झापा । नाइजेरियाको नाइजर राज्यको सेन्ट मेरीज क्याथोलिक बोर्डिङ स्कुलबाट अघिल्लो महिना अपहरण गरिएका थप १३० जना बालबालिका सुरक्षित रूपमा मुक्त भएको नाइजेरियन सरकारले जनाएको छ ।
यसअघि यही महिनाको शुरूतिर १०० जना बालबालिका रिहा भएका थिए । घटनापछि अपहरणमा परेका बालबालिकाहरुको वास्तविक संख्या स्पष्ट हुन कठिन भएको र केही विद्यार्थी आक्रमणकै बेला भागेर घर पुगेको राष्ट्रसंघले जनाएको छ ।
प्रारम्भिक विवरण अनुसार ३१५ जना हराइरहेका भनिए पनि अन्ततः सबै बालबालिका मुक्त भएको अल जजिराले जनाएको छ । बढ्दो सामूहिक अपहरणले नाइजेरियाको सुरक्षा अवस्था गम्भीर बनेको विश्लेषण भइरहेको छ । अपहरण कसले गर्यो र रिहाइ कसरी सम्भव भयो भन्ने विषय सार्वजनिक गरिएको छैन ।
नाइजेरियामा फिरौतीका लागि संगठित आपराधिक समुहहरुले यस्तो काम गर्ने गरेका छन् । अपहरण मुक्त बालबालिकाहरुको अन्तिम पहिचान र स्वास्थ्य परीक्षणको तयारी भइरहेको खबरमा उल्लेख छ ।


